एउटा राजा थियो र एउटा
फकिर थियो । कारणवश केही समय दुबै एक स्थानमा सँगै बस्नुपर्ने अवस्था आयो । स्थान
एउटै भए पनि दुबै फरक फरक दुरीमा एक अर्कालाई न देखिने गरी बस्नुपर्ने भएको थियो ।
फकिरलाई खान बस्नको समस्या थिएन । उसलाई राजाले सबै व्यवस्था मिलाई दिएको थियो ।
बेला बेलामा भेट भए पनि बिहानै र बेलुकी सुत्ने समयमा भने देखभेंट हुँदैन थियो ।
राजा बस्ने ठाउँमा अन्य राजाहरु पनि आएका थिए । सबै राजाहरु सँगै खान्थे र सँगै बस्थे
। राजाहरुको बसाई अलि फरक थियो । दिनको र रातिको खानाको व्यवस्था राम्रो भए पनि बिहानको
चिया, खाजा तथा दिउँसोको खाजाको व्यवस्था भने रहेनछ । यता फकिरलाई भने राजाले सबै
राम्रो व्यवस्था मिलाई दिएको थियो । फकिरलाई सबै आफै बनाउनु पर्ने भएको कारण जति
बेला जे मन लाग्यो आवश्यकता अनुसार बनाएर खान सक्थ्यो । राजा बडो दोधारमा परेको थियो । बिहान उठ्ने
बित्तिकै तनाव शुरु हुन्थ्यो । दरबारमा बिहान बिहान उठेर फ्रेस हुने बित्तिकै चिया
खाने बानि थियो, तर त्यो कहाँ पाउनु, खाजामा हल्का खानेकुरा समावेश हुन्थ्यो तर
त्यो कहाँ पाउनु ! अनि राजा बिहान बिहान तनावमा हुन्थे । बिस्तारै उठेर फ्रेस भइ
तातो पानि सम्मको व्यवस्था भने थियो, त्यसैबाट चित्त बुझाउनु परेको थियो राजालाई ।
यता उता गर्दै खाना खाने समय भइ हाल्थ्यो र सबै राजाहरू हल्ला खल्ला गर्दै खाना
खान्थे । खानामा भने राम्रो परिकारहरूको व्यवस्था हुन्थ्यो त्यसैले राजाले खुशी
खुशी खान्थियो । त्यस पछि अन्य काममा सबै सँगै मिलेर लाग्थे र दिन बित्थ्यो ।
बिस्तारै दिउँसो हुन थाले पछि खाजा खाने समयमा राजालाई फेरी तनाव शुरु हुन्थ्यो ।
दिउँसोको खाजामा के खाने होला भनेर राजा फेरी चिन्तित हुन थाल्थ्यो । यता उता हल्लिँदै
समय बित्थ्यो तर भोकले चरम रूप लिए पछि घुम्दै फकिर कहाँ पुग्थ्यो । एक छिन बसे
पछि धन्न फकिरले राजालाई कही खानेकुरा, चिया, बिस्कुटको लागि सोध्थ्यो र राजाले
लाजैले भएपनि हुन्छ भनेर ल्याइदिएको खानेकुरा मख्ख पर्दै खान्थे ।
राजा एक्लै भएको बेला सोच्ने गर्थे, आखिर राजा
भएर के नै पाएँ ? यसो आफ्नो र फकिरको जीवनसँग दाँजेर हेर्ने गर्थे । फकिर कति खुशी
छ, केही तनाव छैन र सुख मय जीवन व्यतीत गर्दै छ । यता आफ्नो जीवन हेर्ने हो भने तनावै
तनाव छ । बिहान उठ्ने बित्तिकै के खाने भनेर चिन्ता, दउँसोको खाजामा के खाने भनेर
चिन्ता, मेरै फकिरले कसरी जीवन यापन गर्दैछ भनेर त्यसको पनि चिन्ता राजालाई नै । तर
आफूलाई के चाहिएको छ के गरि दिनु पर्छ भनेर कसैले सोच्दिन पर्दैन । आफूले जे पनि
गर्न पाउने र जे पनि खान हुने छुट नभएको ।
राजालाई तनाव
एउटा मात्रै हैन रैछ उसलाई त तनावै तनाव…